पाँच दलको अकर्मण्यताका कारण देश बर्बाद भइरहेको छ – ओली

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १८:३५

मंसिर, काठमाडौं – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण देश बर्बाद भइरहेको बताउनु भएको    छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहण गर्नुहुदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । चितवनमा भएको दसौँ महाधिवेशनबाट पार्टीमा देखिएको गतिरोध पनि अन्त्य भएको बताउर्दै ओलीले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट देश बर्बाद भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘देश अहिले वर्तमान गठबन्धनको सरकारबाट चलिरहेको छैन । सरकार चलिरहेको छैन । यस्तो चलिरहेकोलाई पनि चलेको भन्न सकिँदैन । यस्तो समस्या देशले लामो समय भोगिरहन सक्दैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जाऊँ ।

पाँच दलको अकर्मण्यताका कारण देशलाई बर्बाद हुन दिनु भएन।’ ओलीले देशका हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनाएको पनि आरोप लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*