राष्ट्रपतिबाट मंसिर २८ गते संसद बैठक आह्वान

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार १६:४८

मंसिर, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मंसिर १६ गतेको निर्णय र सिफारिस बमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले बिहिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*