कांग्रेस प्रदेश अधिबेशन: बागमती प्रदेश सभापतिमा बानियाँको प्यानल घोषणा

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार ११:२५

मंसिर, हेटौंडा – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट आफ्नो प्यानल घोषणा गरेका छन् ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै बानियाँले देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन् । प्यानलमा उपसभापतिहरु मदन कृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीहरु राजु श्रेष्ठ, तिलक रुवाली, सह-महामन्त्रीहरु हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का

यसअघि, बिहिबार साँझ सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिको लागि आफ्नो प्यानल सार्वजनिक गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*