बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार ०७:२३

मंसिर, हेटौडा – बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

गठबन्धनमा आवद्ध दलहरूका तर्फबाट बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलको संयोजक बनेका प्रदेशसभा सदस्य युवराज दुलालको टोलीले करिब एक महिनाको छलफल र अध्ययन पश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गरिएको हो । सो कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्ने जस्ता कार्यक्रम प्राथमिकतामा राखेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*