माओवादी केन्द्र इन्द्रसरोबरको अध्यक्षमा लामा

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ११:५३

मंसिर, हेटौडा (इन्द्रसरोबर) – नेकपा माओवादी केन्द्र इन्द्रसरोवर गाउँ कमिटिको प्रथम सम्मेलन सम्पन्न भएको छ । बुधबार भएको गाउँ सम्मेलनबाट बिर्जुपदम लामाको नेतृत्वमा ४९ सदस्यीय गाउँ कमिटि चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा सानूकान्छा वाईवा, चन्द्रबहादुर घिसिङ, योगेन्द्र थापा मगर, सचिबमा मोहनचन्द्र थोकर, कोषाध्यक्ष रश्मी बल र सह-सचिब मानध्वज वाईवा लगायत चयन भएका छन् । कमिटिको पहिलो बैठकबाट ६ जना सदस्य मनोनित गरी ५५ सदस्यीय पुर्याउने इन्द्रसरोबर इन्चार्ज विनायक गोलेले बताए ।

बिर्जु पदम लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य एवम बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो । सोहि सम्मेलनमा राप्रपाका नेता भिमबहादुर रुम्बा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सम्मेलनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’, बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान, वाईसिएल केन्द्रिय सचिब प्रलोक पाण्डे, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, पार्टी जिल्ला समन्वय समिति सदस्य तथा इन्द्रसरोबर इन्चार्ज विनायक गोले, पार्टि जिल्ला समन्वय समितिका सदस्य बिनोद लामा थिङ, अनेम संघ (क्रान्तिकारी) जिल्ला सदस्य सबिता दर्लामी, सीतामाया लामा, वाइसिएल जिल्ला सदस्य राजु लामा, मानध्वज वाइबा, ओमकार बिष्ट, थाहा नगर वाइसिएल अध्यक्ष मानसिङ दोङ्ग, सचिब युवराज बिष्ट, लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*