माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्षमा अरुण बल

तामसालिङ खबर
१६ मंसिर २०७८, बिहीबार ०९:१२

मंसिर, हेटौडा (बागमती) – नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा अरुण बल सर्वसम्मत चयन भएको छ । बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा बुधबार सम्पन्न सम्मेलनले बल अध्यक्षता ५३ सदस्यीय कमिटी चयन गरिएको हो।

कमिटीको उपाध्यक्षमा बलबहादुर पाख्रिन, सुनिता बच्चु खड्का चयन भएकोमा एक उपाध्यक्ष पछि चयन गरिने भएको छ । त्यस्तै सचिवमा रहर सिँह थिङ, सह-सचिवमा अशोक न्यासुर, कोषाध्यक्षमा कार्साङ पाख्रिन चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मनोज बल, बिबेक सिन्तान, टिकालाल श्रेष्ठ, बिमल थिङ, क्षेत्र बहादुर राना, प्रभात गोले, माधब घोरासैनी, जीबन पहरी शुक्रमान राई, डोलिमाया बिक, भगवती माझी, टल्की मायाँ पहरी, हरिमायाँ पाख्रीन, सुनिता बज्यू, यहुन्ना राई, ज्ञानबहादुर राई, ध्रुब थापा, अजय स्याङतान, खड्कबहादुर तुमसिङ, लगायत चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा बागमती गाउँपालिका पार्टी कमिटी इन्चार्ज हस्त बहादुर थिङको अध्यक्षतामा भएको हो ।

माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामी, बागमती प्रदेश कमिटी सदस्य सर्केस घलान, भिम पाख्रिन, वीरबहादुर घलान, जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), ज्ञानसागर भोलन, वाइसीएल नेपाल मकवानपुर इन्चार्ज सुमन पाख्रिन, नेपाली काँग्रेस बागमती गाउँपालिका सभापति फनिन्द्र तिमल्सिना, नेकपा एमाले गाउँपालिका अध्यक्ष चन्द्रमान राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, माओवादी केन्द्र जिल्ला समन्वय सदस्य दन्तलाल माझी, दिलदोर्जे पाख्रिन्, सुनिता खड्का, जनक पहरी, बेलीमाया लामा सहिद परिवार भिम रखाल, राष्ट्रिय कलाकार चेतन सापकोटा, प्रतीक भोलन लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*