आगामी निर्वाचनमा माओबादी केन्द्र सबै भन्दा शक्तिशाली पार्टी बन्छ – ओमबहादुर ग्लान

तामसालिङ खबर
१५ मंसिर २०७८, बुधबार ०७:५३

मंसिर, हेटौडा (राक्सिराङ) – नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लानले आगामी निर्वाचनमा माओबादी केन्द्र सबै भन्दा ठुलो र शक्तिशाली पार्टी बन्ने बताएका छन । मंगलबार नेकपा माओबादी केन्द्र राक्सिराङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा माओबादी केन्द्र सबै भन्दा ठुलो शक्तिशाली पार्टी बन्ने बताएको हो ।

छरिएर रहेको पुर्वमाओबादीहरु धमाधम माओबादी केन्द्रमा आइरहेकोले आगामी निर्बाचनमा सबै क्षेत्रमा चुनाव जिती देशकै नम्बर एक र शक्तिशाली पार्टी बन्नेमा कुनै शंका नरहेको उनले जिकिर गरे । माओबादी केन्द्र देश र जनताको हितमा काम गर्ने पार्टी रहेकाले अवको चुनावमा सारा नेपाली जनताले माओबादीलाई साथ दिनेमा कुनै शंका नरहेको बताए ।

त्यस्तै, नेकपा माओबादी केन्द्र राक्सिराङका ईन्चार्ज बनस्तम थिङले पश्चिम मकवानपुरका केहि राजनितिक दलका नेताले जनतालाई झुक्याई भुगोलको राजनिती गर्न खोजिरहेको बताए । गरिब निमुखा जनतालाई खोक्रो आश्वासन दिई आफनो स्वार्थ पुर्तिका लागि जनतालाई प्रयोग गरिहेको बताए । तर पार्टी चाहार्दै ब्यक्तिगत स्वार्थ परिपुर्ति गर्ने नेताहरुको जनताले पहिचान गरिसकेकाले स्वयम पत्तासाफ हुने बताए ।

कार्यक्रम नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको थियो । पार्टी राक्सिराङ्ग इन्चार्ज बनस्तम थिङ, जिल्ला समन्वय समितिको सदस्य खुसीलाल चेपाङ, हबिल चेपाङ, अनेम संघ (क्रान्तिकारी) का राक्सिराङ संयोजक पुर्णिमा दोङ लगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*