माओबादीकोे भिजनमा टेकेर अन्य पार्टीले हालिमुहाली गर्न खोजिरहेको छ – प्रदेश सदस्य ज्वाला

तामसालिङ खबर
१५ मंसिर २०७८, बुधबार ०७:४७

मंसिर, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र बागमति प्रदेशका सदस्य बिर बहादुर घलान (ज्वाला) ले माओबादी केन्द्र सर्वहारा वर्गको पार्टी भएको बताएका छन । मंगलबार नेकपा माओबादी केन्द्र मनहरी गाँउ कमिटिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

दश वर्ष लामो जनयुद्ध देश र जनताको लागि जनता संगै हातेमालो गरेर लडेको र जनताको सहयोगबाटै माओबादी मुलधारको राजनितिमा उभिएर देश र जनताको पक्षमा काम गरिरहेको बताए । माओबादीको संघर्षबाट अहिलेको ब्यवस्था आएको र पुर्ण रुपमा माओबादीको भिजन अनुसार देश सञ्चालन हुन नसकेको बताए ।

माओबादी केन्द्रको भिजनमा अन्य पार्टीहरुले हालिमुहाली गर्न खोजिरहेको उनको आरोप छ । अन्य पाटीले माओबादीको जस्तो प्रष्ट भिजन नभएकाले कांग्रेस , एमालेहरु माओबादीको जगमा टेकेर खोक्रो राष्ट्रबादी नारा लाइरहेको बताए ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा प्रदेश सल्लाहकार रामहरी सुवेदी, मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, जिल्ला सचिवालय सदस्य रेखा थापा मगर, जिल्ला समन्वय सदस्य वीर बहादुर घलान, यदुनाथ श्रेष्ठ, सल्लाहकार बुद्धरत्न लामा, प्रेस सेन्टर मकवानपुरका सह-सचिब दिलबहादुर लामा, मनहरी अध्यक्ष जयराम मुक्तान, क्षेत्रीय संयोजक उमेश राई, निर्वाचन मण्डलका प्रमुख मातृका ढुंगाना, नेताहरु अमर रुम्बा, केशब सुबेदी, अशोक शाक्य, बिष्णु कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*