विप्लप माओवादीका बिशेष जिल्ला सेक्रिटरी किरण सहित ६० जना माओवादी केन्द्रमा प्रवेश

तामसालिङ खबर
१५ मंसिर २०७८, बुधबार ११:३६

मंसिर, हेटौडा (राक्सिराङ) – विप्लप माओवादी पार्टी परित्याग गरि बिशेष जिल्ला सेक्रिटरी चन्द्र रुम्बा (किरण) माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्र राक्सिराङको सम्मेलनमा सेक्रिटरी किरण सहित, विप्लप माओवादीका प्रभावशाली नेता कृष्णबहादुर थिङ लगायत नेकपा एमाले, नेपाली कांग्रेसबाट ६० जना माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

प्रवेश गर्नेहरु बिषेशत वडा नम्बर ५, ६ र ९ बाट रहेका छन् । नवप्रबेशी किरणले सम्मेलनमा बोल्दै, एकीकृत जनक्रान्ति लक्ष्य अनुरुप कार्यन्वयन हुन् सकिन, त्यसकारण माओवादी केन्द्रको मुख्य धारमा समाहित भएको हो । उनले भने,

जनयुद्धले प्राप्त गरिएको अहिले ब्यबस्था संकट देखा परेकोले फेरि माओवादीहरु एकजुट हुन आबश्यक रहेकोले आफु मुलधारको राजनीतिमा समाहित भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*