माओवादी केन्द्र कैलाशको अध्यक्षमा मल्ल, ५५ सदस्यीय गाउँकमिटी गठन

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०८:२९

मंसिर, हेटौडा (कैलाश) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कैलाश गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको वडा नम्बर ३ स्थित भार्तिङमा सोमबार प्रथम गाउँपालिका सम्मेलन भएको हो ।

सम्मलेनबाट बालकुमार मल्लको अध्यक्षतामा ५५ सदस्यीय गाउँकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ठाकुर सिं थिङ, लाल सिं गुरुङ, डबल गोले, सचिबमा कमल अर्याल, सह-सचिबमा रबिन्द्र थिङ,सुजाता फुयाल र कोषाध्यक्षमा सुशुल दोङ रहेका छन ।

त्यस्तै, सदस्यहरुमा राधाकृष्ण रिजाल, तिलक मुक्तान, देबलाल बल, नमुना चेपाङ, गोबिन्द बिक लगाएतका ५५ सदस्यीय गाउँकमिटी गठन गरिएको हो ।

सम्मेलनमा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बिरबहादुर् घलान ( ज्वाला) अनेमा संघ ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य रेखा पुलामि मगर लगाएतका नेताहरु सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*