हेटौडा उपमहानगर ६ मा विभिन्न पार्टी परित्याग गरी सात दर्जन माओवादीमा प्रवेश

वडा सम्मेलनबाट दिपक सापकोटाको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन
तामसालिङ खबर
११ मंसिर २०७८, शनिबार १८:२४

मंसिर, हेटौडा – नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को वडा सम्मेलनमा एमाले सहित विभिन्न पार्टी परित्याग गरी सात दर्जन बढी माओवादीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार भएको वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, हेटौंडा ४ वडा ईन्चार्ज लवराज ठकुरी, हेटौंडा ६ वडा ईन्चार्ज सोनी गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ईन्चार्ज विवेक राई, बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन, जिल्ला सचिवालय सदस्यहरू जीवन गोले र लक्ष्मी माझी, जिल्ला सदस्य तारानाथ खतिवडा, हेटौंडा १२ वडा ईन्चार्ज भुवन खनाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडा कमिटी अध्यक्ष नमुना पाण्डे लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*