‘दलहरुबीच संवाद र सहकार्य गर्न आवश्यक’ – प्रधानमन्त्री देउवा

तामसालिङ खबर
११ मंसिर २०७८, शनिबार ०५:०५

मंसिर, चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार चितवनमा भएको नेकपा एमालेको १० औं महाधिवेशको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।

‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ उनले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’ उनले सबै राजनीति दलहरु मिलेर नयाँ संविधान ल्याएको भन्दै यसलाई बलियो र सुदृढिकरण बनाउन सबै दलहरुको उत्तिकै भूमिका रहेको बताए ।

संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि उल्लेख गरे । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*