माओबादी केन्द्र मनहरी – ६ को अध्यक्षमा डम्बर मोक्तान

तामसालिङ खबर
७ मंसिर २०७८, मंगलवार ०९:३७

मंसिर, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र मनहरी ६ को प्रथम अधिबेशन सोमबार भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित सुनानुरीमा प्रथम अधिबेशनबाट पुन : डम्बर बहादुर मुक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा अमृत थिङ, सचिवमा सरोज श्रेष्ठ, सह-सचिवमा विकास कार्की, कोषाध्यक्षमा जनुक विक रहेका छन । त्यसै गरि सदस्यहरुमा छविलाल मोक्तान, फुल माया मोक्तान , बिर बहादुर राई , बाबु थिङ , रुबेन्द्र कुमार थिङ , प्रेम बहादु थिङ निर बहादुर प्रजा , प्रेम बहादुर प्रजा , लिला जिम्बा ,सेतु लाल तामाङ , टोपबहादुर गलन, राजमान प्रजा , बिर बहादर मुक्तान (गर्जन ), राम बहादुर लोप्चन, धन कुमारी मुक्तान, लगाएतका २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

त्यस्तै, सोहि अबसरमा पनि कुमारी लामाको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गठन गरिएको छ भने प्रताप जिम्बाको अध्यक्षतामा ५१ सदस्यीय वाईसिएल ६ नम्बर गठन गरिएको छ भने कृष्ण थिङको अध्यक्षतामा २५ सदस्यीय तामाङ मुक्तिमोर्चा गठन गरिएको छ ।

माओबादी केन्द्र मनहरी – ६ का अध्य्रक्ष डम्बर बहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्दकी जिल्ला ईन्चार्ज तथा बागमति प्रदेशकी सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आथित्य रहेको थियो ।

अधिबेशनमा बागमति प्रदेश सभासदस्य तथा माओबादी केन्द्र बागमति प्रदेश सदस्य ओम बहादुर ग्लान, बिर बहादुर घलान (ज्वाला) माओबादी केन्द्र मनहरीका ईन्चार्ज राजकुमार पाख्रिन, गाँउपालिका अध्यक्ष राम प्रसाद कालाखेति, वाइसिएिल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री ),अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) मनहरीकी अध्यक्ष बिमला ग्लान , तामाङ मुक्तिमोर्च (क्रान्तिकारी ) मनहरीका अध्यक्ष बाबुलाल थिङ लगाएतका बिभिन्न नेताहरुको उपस्थीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*