मकवानपुरगढी १ मा माओवादी केन्द्रको वडा भेला तथा प्रशिक्षण, अध्यक्षमा थिङ्गको नेतृत्व

तामसालिङ खबर
६ मंसिर २०७८, सोमबार १७:३७

मंसिर, हेटौडा (गढी) – नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउपालिका वार्ड नम्बर १ डाँडागाउँमा वडा पार्टी भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र मकवानपुर नेता प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)को विशेष आतिथ्यतामा भएको भएको थियो ।

भेलाले बिजय थिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । कमिटिको सचिवमा मान लाल भोलन, सह- सचिवमा विशाल थिङ, कोषाध्यक्षमा विमला लामा, लगायत सदस्यहरुमा चन्द्र बहादुर लुङबा, सुजन बोम्जन, ठकर कुमारी बजगाई , लालबहादुर मोक्तान लगायत चयन भएको गढी गाउपालिका कमिटी अध्यक्ष राजकुमार खड्काले जानकारी दिए ।

त्यस्तै, कृष्णबहादुर थिङको नेतृत्वमा रहने गरि २१ सदस्यीय वाइसीएल नेपाल वडा नम्बर १ कमिटी गठन भएको छ ।

गढी गाउपालिका पार्टी कमिटी सदस्य डल्ले घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपाल गढी गाउपलिका कमिटी इन्चार्ज पञ्च बहादुर गोले, वडा नेता केवी मुस्कान घलान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*