मनहरी १ माओवादी केन्द्रको वडा कमिटिमा जिम्बाको नेतृत्व

तामसालिङ खबर
६ मंसिर २०७८, सोमबार ०८:१०

मंसिर, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्रको मनहरी गाउँपालिका वडा नम्बर १ को प्रथम वडा भेला आइतबार सम्पन्न भएको छ ।
भेलाले पुन: शिशुकुमार जिम्बाको नेतृत्वमा २९ सदस्यीय वडा कमिटि चयन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा बलराम थोकर, सचिब बद्री प्रसाद उप्रेती र कोषाध्यक्षमा पार्वती पाण्डे लगायत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सन्तबहादुर मुक्तान, रामप्रसाद मैनाली, गौरी लामिछाने, जितमान थिङ्ग, कान्छाबहादुर स्याङ्गतान, यम माया मैनाली, राजन बर्तौला, नारायण लटौला, कृष्ण प्रसाद पाण्डे, राजु थिङ्ग, रामकुमार बिक, डम्बरबहादुर बिक, प्रेम लामिछाने, देबराज न्यौपाने, नरेन्द्र बर्तौला, बंसी गोपाल कडेल र कृष्णहरि सुबेदी लगायत चयन भएका छन् ।

वडा नम्बर १ पार्टी कमिटीका वडाअध्यक्ष शिशुकुमार जिम्बाको अध्यक्षता तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

भेलामा पार्टी प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, प्रदेश कमिटी सदस्य वीर बहादुर घलान (ज्वाला), ललित घलान, संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, प्रदेश सल्लाहकार कमरेड रामहरी सुवेदी, मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिन, गाउँकमिटी अध्यक्ष रामप्रसाद कलाखेती, पार्टी जिल्ला समन्वय समितिका सदस्य आनन्द घलान, रेखा थापा मगर, हिरालाल स्याङ्गतान, सन्जिब पाठक, प्रकाश थोकर, हेटौडा उपमहानगर कमिटिको अध्यक्ष तिर्थ थापा मगर, वडा नम्बर १ इन्चार्ज तेजराज पाण्डे, गाउँपालिका सचिवालय सदस्य दिपेन्द्र अधिकारी, ७ नम्बर वडा कमिटि इन्चार्ज बिमला गलान लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

भेलामा वडा नम्बर १ का इन्चार्ज तेजराज पाण्डेको स्वागत मन्तब्य तथा सुमित्रा पराजुलीले कार्यक्रम संचालन गर्नु भएको थियो । सहिद प्रितकुमार, हिराबहादुरको परिवार लगायत पार्टीमा लामो समय देखि संगठित भएका नेता कार्ताकर्तालाई समेत सम्मान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*