जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिमा गोकर्ण बर्तौलाको नेतृत्व

तामसालिङ खबर
५ मंसिर २०७८, आईतवार ०९:३०

मंसिर, जापान – नेकपा (माओवादी केन्द्र) को प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको ८ औं अधिबेशन सम्पन्न भएको छ ।

शनिबार टोकियोमा भएको अधिबेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बास्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केशी, सचिवमा निरोज पाण्डे, सह-सचिबमा जीवन पाण्डे र जनकलाल लामा, कोषाध्यक्षमा कुमार कोईराला र सह-कोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रविन्द्र पाण्डे, तेज बहादुर थिगं, खगेन्द्र प्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, तारा बहादुर कार्की, विष्णुकुमार आगंदागंवे लगायत चयन भएका छन् ।

कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामना सहित संगठनात्मक आफ्ना धारणा राखेका थिए ।

त्यस्तै गरि, जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरी पुडासैनी, एनआरएनए आईसीसी सदस्य श्रवण कुमार सत्याल, संगठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशिल मंचका पूर्व केन्द्रिय सचिव जनक सुवेदी, कान्तो क्षेत्रिय समितिका ईन्चार्ज दावा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वी एशिया ईन्चार्ज डा. भुपालमान श्रेष्ठको प्रमुख आतिथ्यता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*