प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुन्छ – मन्त्री लामा

तामसालिङ खबर
५ मंसिर २०७८, आईतवार ०७:५९

मंसिर, हेटौडा – बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुने अवस्था बनाउन काम गर्ने प्रतिबद्वता जनाएका छन् ।

मेलम्ची – ७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन, स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा उनले जनताले विश्वास गरेर सांसद बनाएको र अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्यमा पहुँच हुने ढंगले सुधारका काम थालेको बताए ।

आफ्नो पहिलो प्राथमिकता जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा रहेको बताउँदै उनले १३ वटै जिल्लाका स्वास्थ्य संस्थाको सुधार गर्दै सहज सेवाको अवस्था बनाउने बताए ।

उनले पूर्वाधार, स्वास्थ्य जनशक्ति र औषधीको व्यवस्थापनमा आफु ठोस योजनाका साथ अघि बढ्ने बताए । उनले विपद प्रभावित क्षेत्रमा विकासको कामलाई अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*