नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा हरि लोप्चन

तामसालिङ खबर
२९ कार्तिक २०७८, सोमबार १२:१२

कार्तिक, हेटौडा – नेपाल परिवार दल मकवानपुरको अध्यक्षमा हरि लोप्चन चयन भएका छन् । आइतबार सम्पन्न दलको दोस्रो अधिवेशनबाट लोप्चनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मायादेवी ढकाल र लोकेन्द्र सुर्खेती, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा कृष्णहरि ढुङ्गाना, सह–सचिवमा रेनु लामा चयन भएका छन् ।

सदस्यहरुमा क्रमश सुवास लामा, शङ्कर खत्री, राजेन्द्र योञ्जन, रञ्जु श्रेष्ठ, हस्तबहादुर मुक्तान, सिमा परियार दास, इन्धु महर्जन, रेश्मा अधिकारी, जगत बहादुर थिङ् चयन भएका हुन् । कार्यसमितिको पहिलो बैठकले थप ६ जना सदस्य मनोनयन गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*