अब हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था हुने

तामसालिङ खबर
१७ कार्तिक २०७८, बुधबार ०८:२७

कार्तिक, हेटौडा – श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गरेका छन् । अनुगमनपछि मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने बताएका छन् ।

‘अब वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृतिको व्यवस्था हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो । अहिले बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट श्रम स्वीकृति दिँदै आएको उहाँले बताउनु भयो ।

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुनेगरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने पनि बताए । मन्त्री श्रेष्ठले श्रम कार्यालय, हेटौंडाको समस्या बारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि सकेको प्रयास गर्ने बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*