सबैभन्दा धेरै नाफा कमाउनेमा पाँच बैंक

तामसालिङ खबर
१७ कार्तिक २०७८, बुधबार ०७:११

कार्तिक, काठमाण्डौ – चालु आबको पहिलो त्रैमासमा एनआईसी एसिया बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । उसले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, नबिल बैंकले १ अर्ब ११ करोड नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले १ अर्ब ११ करोड कमाएर तेस्रो बनेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी एनएमबी बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।

पहिलो त्रैमासमा ५ वटा बाणिज्य बैंकहरु एक अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउने बैंकमा परेका छन् । पहिलो त्रैमासमा सबैभन्दा कम नाफा बैंक अफ काठमान्डूको छ । उक्त बैंकको नाफा २५ करोड ३४ लाख रुपैयाँ देखिएको छ ।

यो अबधिमा बाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको बैंकको कुल नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो ।

यो अघिल्लो समयभन्दा खुद नाफा करिब २४ प्रतिशत बढी हो । तीन महिनामा बैंकहरूको ब्याज आय करिब साढे १२ प्रतिशतले बढेर ९३ अर्ब २ करोड रुपैयाँ भएको छ । अघिल्लो बर्षको सोही अबधिमा ८२ अर्ब ७० करोड रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*