अलमुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

तामसालिङ खबर
१७ आश्विन २०७८, आईतवार १२:२८

कार्तिक, काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वागत गरेका छन्।

अलमुताइरीलाई मन्त्री गहतराजले आईतबार खेलकुद मन्त्रालयमा अलमुताइरीलाई स्वागत गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग दुई वर्षको सम्झौता नवीकरण गरेपछि अलमुताइरी शनिबार नेपाल आइपुगेका थिए ।

अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपमा पुर्याएका थिए । माल्दिभ्समा भएको साफको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको थियो ।

तर फाइनल अघि नै अलमुताइरीले फाइनलपछि आफू नेपाल नफर्कने बताएका थिए । त्यसपछि एन्फाले उनलाई ल्याउने पहल गरिरहेकै बेला मन्त्री गहतराजले अलमुताइरीलाई जसरी पनि नेपाल ल्याउनुपर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*