आनीहरुलाई सामाजिक गतिविधिमा सरिक हुन गोष्ठी

तामसालिङ खबर
१४ कार्तिक २०७८, आईतवार ०६:१९

कार्तिक, काठमाडौं – आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने दुइ दिने गोष्ठीको प्रारम्भ भएको छ ।
शुक्रबार बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले स्वयम्भुमा गोष्ठीको आयोजना गरेको हो ।

समितिका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोलले छ्योइमे बाली उद्घाटन गरेको समारोहमा आनीहरुले टासी मोन्लाम पाठ गर्नु भएको थियो । गुम्बाहरुमा रहेका आनीहरुले आर्जान गरेको ज्ञानलाई गुम्बामै मात्र सिमित नराखी जनसमक्ष पुर्याउनका लागि भन्दै गत सालदेखि दाउन्ने नवलपरासीबाट यस्तो कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले बताउनु भयो ।

कार्यक्रममा आचार्य मोहन कुमार तामाङले बौद्ध धर्म र महत्वको विषयमा आफ्नो विचार राख्नु भएको थियो । दुइ दिनसम्म सन्चालन हुने गोष्ठीमा आचार्य नोर्बु शेर्पाले बौद्ध धर्ममा आनीहरुको भूमिका विषयमा प्रशिक्षण दिनुभयो ।

आइतबार भने पुण्यप्रसाद पराजुलीले नेपालमा बौद्ध धर्मको विकासक्रम, आनी छ्योइङ डोल्माले समाज सुधारमा आनीको भूमिका विषयमा प्रशिक्षण दिने छन् ।

विभिन्न जिल्लाका ११ वटा गुम्बाबाट ६० जना आनीहरु कार्यक्रममा सहभागी रहेको बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*