प्रेस सेन्टर मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा पाख्रिन

तामसालिङ खबर
१३ कार्तिक २०७८, शनिबार १८:३२

कार्तिक, हेटौडा (मकवानपुर गढी) – प्रेस सेन्टर नेपालको मकवानपुर गढी गाउँपालिका कमिटीको अध्यक्षमा निलम पाख्रिन चयन भएकी छन् । शनिबार भएको सेन्टरको भेलाले पाख्रिनलाई अध्यक्ष चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा रजनी घिमिरे, सचिव मुकेश चौंलागाई, कोषाध्यक्ष अक्षय कुमार घलान, सदस्य कविना बराइली लगायत ७ सदस्यीय कमिटी चयन भएको छ ।

भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिन, मकवानपुर प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), प्रेस सेन्टर मकवापनुरकी संयोजक अञ्जली थापा, मकवानपुर गढी गाउँपालिका कमिटी इन्चार्ज मानकुमारी नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

भेला प्रेस सेन्टर मकवानपुरका सह संयोजक एवम् निर्वाचन क्षेत्र-१ “ख” का संयोजक एमपी शर्माको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*