प्रधानमन्त्री देउवाद्वारा बर्दियाको बाढी पीडित क्षेत्रको अवलोकन

तामसालिङ खबर
६ कार्तिक २०७८, शनिबार ०७:१०

कार्तिक, बर्दिया – प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए । स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उनले निर्देशन दिए । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले लगायत सहभागी थिए ।

कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*