राखेप सदस्य सचिव सिलवाल बर्खास्त
कार्तिक, काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
केपी ओलीको सरकारको पालामा राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई देउवा सरकारले स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सिलवालाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
यस्तै देउवा सरकारले सिलवाल सहित युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोक्कालाई स्पष्टीकरण सोधेको थियो ।