हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान
असोज, काठमाडौं – नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र निःशस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गर्नुभएको हो ।
हतियारको प्रतिस्पर्धा छोडेर निस्शस्त्रीकरणको एजेण्डा अघि बढाउन सार्थक सम्वादको सहारा लिनुपर्ने नेपालको धारणा थियो ।