साफ च्याम्पियनसिपमा नेपाल भारतसंग पराजित

तामसालिङ खबर
२५ आश्विन २०७८, सोमबार ०६:२३

असोज, माले – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल भारत सँग पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।

भारतको जितका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा केही सुनौला अवसर बनाए पनि गोल गर्न सकेन ।

भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

दोस्रो खेल नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*