प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत
असोज, जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् ।
प्रदेशसभामा उपस्थित १०० सांसद मध्ये राउतको पक्षमा ७७ सांसदले मत दिएका छन् । त्यस्तै विपक्षमा २३ सांसदले मत दिएका छन् ।
राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका थिए ।
सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।