विश्व क्रान्तिको नेतृत्वमा ४० युवा माओवादी प्रवेश

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार १३:१०

असोज, काठमाडौं – ‘बाबु’ भनिने विश्व क्रान्ति सिंहको नेतृत्वमा करिब ४० जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पेरिसडाँडामा जारी माओवादी केन्द्रको स्थायी समिति बैठकमा उनको नेतृत्वमा युवाहरू माओवादीमा प्रवेश गरेको माओवादीनिकट संगीतकर्मी चेतन सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । अहिले थोरै प्रतिनिधि सहित मात्रै प्रवेश गरेको र थप ५ हजार जति युवालाई आफूले ल्याउने दावी विश्व क्रान्ति गरेका छन् ।

माओवादी प्रवेश गरेका विश्वक्रान्तिको पृष्ठभूमि भने विवादस्पद छ । गुण्डागर्दीबाट चर्चामा आएका उनी पटक पटक जेल परेका छन् । पछिल्लो पटक हात हतियार तथा खरखजना ऐन अन्तर्गत जेल सजाय पाएर केही समयअघिमात्र छुटेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*