गाउँपालिका कर्मचारीको दादागिरी प्रति नेकपा एस मनहरीको ध्यानाकर्षण

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार ०७:५१

असोज, हेटौडा (मनहरी) – पश्चिम मकवापनुरको मनहरी गाँउपालिकाको लेखा शाखा कर्मचारीले बन्द गरेको प्रति नेकपा एकीकृत समाजबादी मनहरीले ध्यानाकर्षण जनाएको छ ।

गाउपालिकाकी उपाध्यक्ष मनिला विष्टले लेखा शाखा अधिकृत संगिता अधिकारी र डिल्लीराम रेग्मीलाई आर्थिक विवरण तथा खर्च र आम्दानीको तथ्याङ आफुलाई बुझाउनका लागि पटक-पटक सुचना गर्दा पनि सुचना उपलब्ध नगराई उल्टाई उपाध्यक्ष विष्टले धमक्याएको भन्दै सुचना नै टाँस गरि लेखा शाखा बन्द गरेको ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसै गरि खर्चको फाँटबारी सार्वजनिक नगराई उल्टै लेखा शाखा बन्द गर्नु कर्मचारीको दादा गिरी र आर्थिक अनियमितता तथा अपार्दशितालाई ढाक छोप गर्न खोजिएको नेकपा एकीकृत समाजबादी मनहरीका अध्यक्ष नारायन श्रेष्ठले बताउनु भयो ।

राज्यश्वपरामर्श समिति तथा अनुगमन समितिका संयोजकलाईलाई संबैधानिक ब्यवस्था विपरित खर्चको फाँटबारी माग्नका लागि निबेदन लगाएर कर्मचारीले जनप्रतिनिधिको अवहेलना गरेको समते जनाएको छ ।

चाडपर्वको बेलामा भुक्तानी नदिई उल्टाई शाखा नै बन्द गरि सेवा ग्राहीलाई मर्कामा पारी जबर्जस्त कर्मचारी तन्त्र लाद्ना खोजिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । घट्नामा संलग्न कर्मचारीलाई अनुसन्धान गरि दोषि उपर कडा कारबाहीको माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*