अनेम संघ (क्रान्तिकारी) बकैया ४ को अध्यक्षमा बोम्जन

तामसालिङ खबर
१७ आश्विन २०७८, आईतवार ०९:३९

असोज, हेटौडा (बकैया) – पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) सम्बद्ध संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा भेला प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ मकवानपरको जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिनको प्रमुख आतिथ्यतामा भएको भेलाले अध्यक्षमा ठुलीमाया बोम्जन रहने गरी ३१ सदस्य वडा कार्यसमिति चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा राधा दाहाल, सचिवमा उषा कार्की, सहसचिवमा रीता तामाङ, कोष अध्यक्षमा सिर्जना थापा, सदस्यहरुमा भगवती गौतम, सीता सुनार, सुनिता वि.क., ललिता माझी लगायत चयन भएको अखिल नेपाल महिला संघ बकैया कमिटीका उपाध्यक्ष अमृता तामाङले जानकारी दिइन्।

उपाध्यक्ष तामाङको सभाध्यक्षतामा भएको भेला प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य लक्ष्मी माझी, जिल्ला समन्वय कमिटी सदस्य लोगनाथ गौतम, परशुराम गौतम, बकैया गाउँपालिका पार्टी अध्यक्ष भक्तबहादुर खत्री ,अखिल नेपाल महिला संघ बकैया कमिटीका अध्यक्ष लक्ष्मी सिलवाल, अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य लक्ष्मी गोले लगायतको विशेष आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*