किसानले धान खेतमा राखेका विद्युतीय धरापमा परेर मर्‍यो हात्ती

तामसालिङ खबर
१७ आश्विन २०७८, आईतवार १५:३९

असोज, काठमाडौं – सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिए ।

उनका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो ।

विगत ४/५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो । यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए ।

नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*