बागमती प्रदेश प्रमुख शर्मा उपचारपछि डिस्चार्ज

तामसालिङ खबर
१७ आश्विन २०७८, आईतवार १६:३३

असोज, हेटौडा – बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचारपछि डिस्चार्ज भएका छन् । मुटु सम्बन्धि समस्याबाट ग्रसित हुनुभएपछि गत असोज ४ गतेबाट उपचाररत रहनुभएका प्रदेश प्रमुख शर्मा गत १४ गते बेलुका डिस्चार्ज भएका हुन् ।

विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्याबाट ग्रसित रहनुभएका प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारशमणि फुयालका अनुुसार प्रमुख शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।

प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘उपचारपछि पूर्ण रुपमा घरमै पूर्ण रुपमा स्वास्थ्य लाभ गरिरहेको छु ।’ प्रदेश प्रमुख शर्माले भने,‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’ प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका तीन वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*