प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय दुई स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने गठबन्धनको तयारी

ताम्सालिङ खबर
१२ आश्विन २०७८, मंगलवार १७:१९

असोज, काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनले दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने तयारी गरेको छ । सत्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच नागरिक अगुवाबाट प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय मध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सहमति भएको हो ।

दुई मन्त्री आन्दोलनमा सक्रिय सहभागि नागरिक अगुवाबाट बनाउँने टुंगो लागेको पाँच दलीय गठबन्धनमा रहेका एक नेताले बताए । तर ति दुई जना स्वतन्त्र व्यक्ति कसलाई बनाउँने भन्ने टुंगो लाग्न बाँकी रहेको ती नेताको भनाई छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक-एक जना स्वतन्त्र व्यक्ति छनोट गरेर मन्त्रीका लागि सिफारिस गर्ने स्रोतको भनाई छ । स्वतन्त्र नागरिक अगुवाबाट दुई जना मन्त्री बन्ने भएपछि ति दुई स्वतन्त्र नागरिकको अहिले खोजी भईरहेको स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*