‘अबको निर्वाचनमा एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छ’ – अध्यक्ष नेपाल

ताम्सालिङ खबर
९ आश्विन २०७८, शनिबार १७:५३

असोज, हेटौडा – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए ।

नेकपा एमालेमा बिचारको छलफल, बहस भन्दा पनि व्यक्तिको हुकुमी शासन रहेकोले ओलीले पार्टीमा पार्टी विपरित विभिन्न एकल निर्णय गरेको कारण पार्टी फुटनु परेको बताउनु भयो ।

आफ्नो पार्टी समाजवादी नेपाल कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने भन्दै नेपालले आउँदो चुनावमा केपी ओली नेतृत्वको पार्टी नेकपा एमाले लाई टर्च बालेर खोज्नु पर्ने दिन आउने बताएका छन । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।

समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए । विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे ।

उनले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका थिए । जबज नेकपा एकीकृत समाजवादी पार्टीको मुलमन्त्र भएको समेत अध्यक्ष नेपाले स्पष्ट पारे । उनले देशभर एकीकृत समाजवादीको पक्षमा लहर आइरहेको दाबी गर्दै देशभर समाजवादीको संगठन निर्माणका कामहरु द्रूत गतिमा भैरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*