नेकपा एसका अध्यक्ष नेपाल आज हेटौंडा आउदै

ताम्सालिङ खबर
९ आश्विन २०७८, शनिबार ०७:३५

असोज, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज हेटौंडा आउनु हुने भएको छ ।

नेकपा एस मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो ।

पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलका अनुसार रोयल पार्टी प्यालेसमा विहान साँढे ११ बजेदेखि हुने भेलाको तयारी पूरा भइसकेको छ ।भेलामा अध्यक्ष नेपाल, पार्टीका केन्द्रिय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेत, मुनु सिग्देलले सम्बोधन गर्ने तयारी छ ।

भेला अघि युवाहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुुरियामाईबाट मोटर साइकल ¥याली आयोजना गर्ने अध्यक्ष पोख्रेलले जानकारी दिए । भेलामा पार्टी जिल्ला कमिटीको सपथ ग्रहणका साथै पार्टी नगर कमिटी घोषणा गरिने एकीकृत समाजवादीले जनाएको छ ।

यस्तै, अनेमसंघको जिल्ला तथा नगर कमिटिी घोषणाका साथै युवा संघको जिल्ला कमिटीलाई रुपान्तरण गर्ने एकीकृत समाजवादी मकवानपुरले जनाएको छ । इच्छुक व्यक्तिलाई भेलाबाटै पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*