करारमा आईटी अधिकृत भर्ना गर्दै बीमा समिति

तामसालिङ खबर
७ आश्विन २०७८, बिहीबार १६:५०

असोज, काठमाडौं – बीमा समितिले करारमा सूचना प्रविधि अधिकृत भर्ना गर्ने भएको छ । बिहीवार एक सूचना प्रकाशन गर्दै नियामकले रोस्टर खुलाएको हो ।

समितिका अनुसार सात दिनभित्र योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन ईमेलमार्फत पठाउनुपर्नेछ । साथै समितिको कार्यालयमा भौतिक रुपमा समेत यस्तो निवेदन दिन सकिनेछ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेका नागरिकहरूले रोष्टरमा आफ्नो नाम चढाउन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*