‘कबड्डी ४’ बाट अफरै आएन – रिश्मा गुरुङ

तामसालिङ खबर
६ आश्विन २०७८, बुधबार ०७:०५

असोज, काठमाण्डौ – रामबाबु गुरुङ निर्देशित सुपरहिट फिल्म ‘कबड्डी’ मा ‘मैयाँ’ को चरित्रमा अभिनय गरेपछि एकाएक चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङलाई त्यसपछि फिल्म अफरको ओइरो लागेको थियो । तर, उनले आफ्नो करिअरमा थोरै मात्र फिल्म गरेकी छन् । ‘कबड्डी’ को दोस्रो पार्टमा मुख्य भूमिका र तेस्रो पार्टमा केमियो भूमिकामा देखिएकी उनले फिल्म ‘झुम्की’ मा पनि अभिनय गरेकी छन् ।

बीचमा उनी अब फिल्ममा कामै नगर्ने निर्णयमा समेत पुगेकी थिइन् । तर, विवाहपछि उनले ‘कबड्डी ३’ र गत वर्ष ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ फिल्ममा अभिनय गरिन् । निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ४’ मा काजी (दयाहाङ राई) सँग मिलन गराउने गरी ‘कबड्डी ३’ मा रिश्मालाई प्रस्तुत गरेका थिए । तर, यसको अन्तिम सिरिजमा रिश्मालाई रिप्लेस गर्दै मिरुना मगर भित्रिएकी छन् ।

रिश्माले ‘कबड्डी ४’ बाट आफूलाई अफर नै नआएको खुलासा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई ‘कबड्डी ३’ मा बोलाउनुको कारण चौंथो पार्टमा निरन्तरताको लागि नै थियो । मलाई प्लटलाइन पनि सुनाउनुभएको थियो । मैले त्यही कारणले ‘कबड्डी ३’ मा सानो भूमिका भए पनि अभिनय गरेको थिएँ । तर, ‘कबड्डी ४’ मा किन बोलाउनुभएन थाहा छैन ।’

फिल्ममा आफूलाई नलिएकोमा चित्त दुखाई नभए पनि खबरै नगरेकोमा भने चित्त दुखेको उनले बताएकी छन् । ‘म इन्डस्ट्रीमा आएको नै ‘कबड्डी’ बाट हो । यो फिल्मको टिमसँग मेरो बेग्लै खालको सम्बन्ध छ । तर, उहाँहरुले मलाई आफ्नो सम्झिनु भएन भने मैले किन सम्झिनु भएन भनेर चित्त दुखाउनु र रु पहिला चाहिँ एकदमै नरमाइलो लागेको थियो तर अहिले छैन,’ उनले भनिन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*