ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई बोलाइयो फिर्ता

तामसालिङ खबर
६ आश्विन २०७८, बुधबार ०७:०२

असोज, काठमाडौं – तत्कालीन केपी ओली नेतृत्वको सरकारमा विभिन्न देशमा नियुक्त गरिएका सबै राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले विभिन्न देशमा नियुक्त गरेका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*