माओवादी कै एजेन्डामा देश चलिरहेको छ – इन्चार्ज मोक्तान

ताम्सालिङ खबर
२ आश्विन २०७८, शनिबार १९:१३

असोज, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ४ को शनिबार सम्पन्न वडा सम्मेलन उद्घाटन गर्दै माओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले राष्ट्रिय मुद्धाहरु स्थापित गर्न र राष्ट्रघाती गतिबिधि रोक्नका लागि माओबादी नै चाहिने बताउनुभयो । उहाँले माओवादी कै एजेन्डामा देश चलिरहेको समेत दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले माओवादी केन्द्रले हार्दा महिला, जनजाती, दलित, पिछडिएका लगाएतका मुद्धाले हार्ने भएको कारण जनस्तरबाट पार्टीलाई माथी उठाउन आग्रह गर्नुभयो ।

वडा सम्मेलनले अजिब भट्टराईको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, सचिवमा शान्ति श्रेष्ठ, सह-सचिवमा बिमल श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका देउला चयन भएका छन् ।

त्यसैगरी सोही भेलाबाट २१ सदस्यीय अखिल क्रान्तिकारी हेटौंडा ४ वडाकमिटी समेत गठन भएको छ । गंगा अर्यालको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा शान्ता थापा, सचिवमा साबित्री लामिछाने, कोषाध्यक्षमा गिता खनाल चयन भएका छन् ।

सम्मेलन कै क्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रबेश गर्नेलाई माओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले टीका लगाई स्वागत गर्नुभएको थियो ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा संयोजक हरी ढकालको अध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेश सदस्य ललित घलान, सल्लाहकार कौशल पाण्डे, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, नगर इन्चार्ज विवेक राई, अखिल महिला संघ क्रान्तिकारीका अध्यक्ष लक्ष्मी पाख्रिन, जिल्ला समन्वय सदस्यहरु रिनेश श्रेष्ठ,जंग बहादुर बि.क, सम्पूर्ण पौडेल, पुनम खतिवडा, सल्लाहकार ऋषिराम पोख्रेल, नगर अध्यक्ष तिर्थ थापा, वडा कमिटी इन्चार्ज लवराज ठकुरी लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*