माओवादी केन्द्रको बसन्तपुर सिरानटोल कमिटी गठन, अध्यक्षमा घलान

तामसालिङ खबर
२ आश्विन २०७८, शनिबार ०६:४९

असोज, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्रको मनहरी वडा नम्बर ५, बसन्तपुर सिरानटोल टोल कमिटि गठन भएको छ । शुक्रबार भएको भेलाले मोहन घलानको नेतृत्वमा १६ सदस्यीय बसन्तपुर सिरानटोल कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा युवराज घलान, सचिवमा बद्रि प्रसाद रिजाल, कोषाध्यक्षमा मानबहादुर घलान, लगायत सदस्यहरु राहुल रुम्बा, कृष्णबहादुर थोकर, टेकबहादुर लामा, सुवास रुम्बा, कमान सिं रुम्बा, बिरबहादुर घलान, धन बहादुर रुम्बा, अर्जुन घलान र मान सिं गोले चयन भएका छन्।

टोल कमिटी भेलामा माओबादी नेता केशब सुवेदी, ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारी, पार्टी वडा सचिव कान्छाराम मुक्तान लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*