एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार १८:०३

भदौ, हेटौंडा – उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई विदाई गरेको हो । टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै छ ।

छनोट खेल्न जानु अघि नेपालले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल सँगै हङकङ र फिलिपिन्स रहेका छन ।

नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*