बागमती प्रदेशसभामा नेकपा एकिकृत समाजवादी पार्टी थपियो

तामसालिङ खबर
२८ भाद्र २०७८, सोमबार ०६:१३

भदौं, हेटौंडा – बागमती प्रदेशसभामा नयाँ दल नेकपा (एकिकृत समाजवादी) थपिएको छ । नेकपा एमाले विभाजन भएर बनेको एकिकृत समाजवादी बागमती प्रदेशसभामा थपिएको हो ।

निर्वाचन आयोगले एकिकृत समाजवादीमा सनाखत गरेका सांसदहरुको नामावलीसहितको पत्र आइतबार प्रदेशसभामा दर्ता भएको छ । सांसद राजेन्द्र पाण्डे सहितको टोली पत्र दर्ताका लागि काठमाडौंबाट हेटौंडा आएका थिए ।

बागमती प्रदेशसभामा एकिकृत समाजवादीका १३ सांसद रहेको पत्रमा उल्लेख गरिएको छ । यसअघि बागमती प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, विवेकशिल साझा, नेमकिपा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*