नेपाल र बंगलादेश: आज महिला टिमको दोस्रो मैत्रीपुर्ण खेल

तामसालिङ खबर
२७ भाद्र २०७८, आईतवार १०:२८

भदौं, काठमाडौं – बंगलादेशसँगको दोस्रो मैत्रीपुर्ण खेलमा नेपालले आज प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा दुई एकको जित निकालेको नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल अपरान्ह पाँच बजेबाट सुरु हनेछ । पहिलो खेलमा नेपालको जितमा सविता राना र प्रिति राईले गोल गरेका थिए । दुबै खेलाडीको सोहि खेलमा टिममा डेब्यु गरेका थिए । दोस्रो खेलमा पनि नेपाली टिमको लक्ष्य जितको यात्रालाई निरन्तरता दिने रहेको छ । यो खेलमा नेपालको सुरुवाती ११ मा केहि परिवर्तन हुनसक्ने संभावना रहेको छ ।

आसन्न एएफसी महिला एशियन कपको छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्दा टिमको राम्रो एक्पोजर लिने मौका मिलेको छ । उज्वेकिस्तानमा हुने छनोटा नेपाल समुह एफ मा परेको छ । पहिलो खेलमा नेपालले गरेको प्रदर्शनलाई दोस्रो खेलमापनि कायम राख्ने लक्ष्यमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्स रहेका छन ।

एशियन कप छनोटमा समुह एफमा रहेको नेपाली टिमले सुरुवातमा घरेलु मैदानमा प्रतियोगिता खेल्ने भनिएपनि कोभिडका कारण उज्वेकिस्तानमा सारिएको हो । जसमा नेपालको समुहमा फिलिपिन्स र हङकङ छन । नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्सविरुद्धको खेलबाट एशियन कप छनोटको यात्रा सुरु गर्नेछ ।

त्यसपछि सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ । बंगलादेशसँगको दुई वटा मैत्रीपुर्ण खेल खेलेको केहि दिन थप अभ्यास गरेर नेपाली टिम उज्वेकिस्तान जानेछ । त्यहाँ यदिन नेपाल आफ्नो समुहको शिर्ष स्थानमा रहन सकेको खण्डमा अर्को बर्षमा भारतमा हुने एशियन कप खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*