मुख्यमन्त्री शाक्यले दिलाइन, एमाले निकट ४ जनालाई नियुक्ती

तामसालिङ खबर
२६ भाद्र २०७८, शनिबार ०६:४६

भदौं, हेटौंडा – अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्ना नजिक रहेका र एमालेका नेता कार्यकर्तालाई नियुक्ती दिलाउन थालेकी छिन।

माधव कुमार नेपाल समुहलाई छोडेर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्यले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेत सहित अन्य ३ जनालाई आयोग सदस्यमा नियुक्त गरेकी हुन।

शाक्य नेतृत्वमा बिहीवार बसेको बागमती मन्त्रिपरिषदको बैठकलेएमाले आवद्ध सिन्धुपाल्चोक मेलम्ची घर भएका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेकी हुन ।

त्यसैगरी रामेछापका एमाले नेता ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी शाक्य नजिक रहेकी निलम ताम्राकार र नुवाकोटका नेता तथा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामशरण प्याकुरेललाई आयोग सदस्यमा नियुक्ती दिलाएकी हुन ।

नियुक्ती दिलाए सँगै उपाध्यक्ष सहित ४ जनालाई नै शाक्यले शपथ ग्रहण गराइसकेकी छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*