जनमुखी काम गर्न मन्त्रालय टुक्राएको – मुख्यमन्त्री शाक्य

तामसालिङ खबर
२४ भाद्र २०७८, बिहीबार १७:३३

भदौ, हेटौँडा – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जनताले अनुभुती गर्नेगरी काम गरेर देखाउन मन्त्रालय बिस्तार गरेको दाबी गर्नुभएको छ ।

सरकार अल्पमतमा परेपनि मन्त्रीपरिषद बिस्तार गरेको भन्दै मुख्यमन्त्रीको आलोचना भईरहेका बेला उहाँले मन्त्री परिषदले आचारसंहीता पालना गर्ने दाबी गर्नुभयो ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्री शाक्यले अल्पमतमा परिसकेको स्थितीलाई ध्यानमै राखेर समयलाई सदुपयोग गर्नेगरी प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने दाबी गर्नुभयो ।

यस्तै उहाँले सरकारको आयु अझै बाकी रहेको र ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएपनि आफुहरु तयारी अवस्थामा रहेको र जे परिणाम आएपनि सहजरुपले स्वीकार गर्ने उहाँले बताउनुभयो ।

प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले आचारसंहिता पालना गरी राज्यको ब्ययभार घटाउन समेत भूमिका खेल्ने उहाँले दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*