अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक

तामसालिङ खबर
२५ भाद्र २०७८, शुक्रबार ०६:४६

भदौं, एजेन्सी – फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए । यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ ।

बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले इक्वेडरलाई १-० ले हराएको छ । पाराग्वेले भेनेजुएलालाई २-१ ले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*