विवेकशील साझा पार्टी फुटको संघारमा

तामसालिङ खबर
१६ भाद्र २०७८, बुधबार ०६:१४

भदौं, काठमाडौं – विवेकशील साझा पार्टी फुटको नजिक पुगेको छ । पार्टी भित्र मतभेद तिब्र भए पछि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो । सो पार्टी भएको दोस्रो विभाजन हुन लागेको हो ।

यसअघि सो पार्टी २०७५ पुस २७ मा विभाजित भएको थियो । पहिलो पटक २०७४ साउन ३ पहिलो पटक एकीकरण भएको थियो । अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबारका लागि केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेको कारणले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*