जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा १ सय ५० आवास कार्यन्वयन

पत्रपत्रिकाबाट
१६ भाद्र २०७८, बुधबार ०६:११

भदौं, हेटौडा – जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य साझौता भई कार्यन्वयनमा आएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको तथ्याङ्ग अनुसार २ सय वटा आवास निर्माणको लागि बजेट विनियोजन भएकोमा १ सय ५० वटा आवास निर्माणका लागि सम्झौता भई कार्यान्वयनमा आएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा आवासका लागि बागमती प्रदेश सरकारले २ करोड ९९ लाख रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सोमान्त कत समुदायका गरिबलाई निजी घरका व्यवस्था गर्न लागिएको हो । आर्थिक वर्ष ०७५/०७६ देखि संघीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकार लाई हस्तान्तरण गरेको थियो।

गत आवमा यो बजेटबाट मकवानपुरमा २ सय भवन निर्माण गर्ने योजना थियो । तर, कोरोना महामारीको कारणले यो सम्भव हुन नसकेको बताईएको छ । जसमा ५० वटा आवासको अभ सम्भौता कार्यान्वयनमा आउन सकेको छैन् ।

मकवानपुर जिल्ला चेपाङ र वनकरिया समुदायको बसोबास भएकोले आवास निर्माण गर्नेको संख्या बढी छ । संघीय सरकारले २०६६/०६७ देखि अति विपन्न सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी जनता आवास कार्यक्रम ल्याएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ बाट उक्त कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भइरहेको छ । मकवानपुरको ५ वटा पालिकामा यो कार्यक्रम लागू भएको छ तर कार्यालयमा जनशक्ति कम भएकोले अनुगमन भने फितलो छ ।

जसमा हेटौंडा उपमहानगरपालिका २९ वटा सम्झौता भई कार्यान्वयनमा आएको छ भने, बागमती गाउँपालिकामा १८ वटा, बकैयामा २३ वटा, मकवानपुरगढीमा ३, मनहरीमा १०, राक्सिराङमा २५, कैलाशमा १० र भीमफेदी गाउँपालिकामा ३२ वटा सम्झौता भई कार्यान्वयनमा आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

शहरी विकास तथा भवन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा घर निर्माणका लागि चारहजार ५ सय आबेदन परेको मध्ये जिल्लामा दुई सय घर निर्माण का लागि छनौट भएको हो । ढुंगा, ब्लक वा काठको प्रयोग गरी बनाइने भूकम्प प्रतिरोधी घर निर्माणका लागि प्रदेशले प्रतिघर ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि बनाएको थियो।

प्राप्त निवेदनका आधारमा निरीक्षण गरी आवास निर्माणको लागि योग्य परिवार छनौट गर्दै सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बस्ने बैठकबाट अन्तिम छनौट हुने कार्यविधिमा उल्लेख छ । संघीय सरकारने १२ वर्ष अघि सुरु गरेको कार्यक्रमबाट मकवानपुरमा हालसम्म ९ सय ९५ वटा आवास निर्माण भइसकेको छ ।

संघीय सरकारले आव २०७४÷०७५ मा मकवानपुरमा ५ सय घर निर्माणको योजना बनाएकोमा बहुवर्षीय योजनाअनुसार निर्माण सुरु भएका १ सय ४२ घर अझै निर्माण सम्पन्न भएका छैनन् भने १ सय ४२ घरको अन्तिम किस्ताबापतको १५ प्रतिशत रकम भुक्तानीकै क्रममा रहेको कायालयले जानकारी दिएको छ । ती घरहरूको निर्माण कार्य सकेर अन्तिम किस्ता बुझने समयसीमा निर्धारण गरी सूचना निकाल्ने तयारी भइरहेको बताईएको छ ।

नेपालको संविधानको धारा ४२ को उपधारा २ मा आर्थिकरुपले बिपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष वर्गलाई आवासको व्यवस्थाको लागि नेपाल सरकारले २०७३ सालदेखि कार्यान्वयन गर्दै आईरहेकोमा आव २०७५÷०७६ देखि प्रदेशमा हस्तान्तरण भई आएकोले प्रदेश सरकारबाट कार्यान्वयन हुँदै आईरहेको छ । स्रोत : हेटौडा संदेश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*