वागमती प्रदेशका १२ सांसदले नेकपा एकीकृत समाजबादी रोजे

तामसालिङ खबर
१५ भाद्र २०७८, मंगलवार १५:२६

भदौं, हेटौडा – वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले नेकपा एमाले पार्टी परित्याग गरि नेकपा एस रोजेका छन् । उनीहरूले प्रदेश निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

सामाजिक विकास मन्त्री कृष्ण खनाल समेत रहेको १२ जना संसदले नवगठित पार्टी रोजेका छन् । एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिुनपर्ने हुन्छ ।

यी हुन्ने नेकपा एस रोज्ने सांसदहरू :
१. राजेन्द्र पाण्डे
२. मुनु सिग्देल
३. वसुन्धरा हुमागाईं
४. लक्ष्मण लम्साल
५. राजेन्द्रमान श्रेष्ठ
६. पार्वती सिलवाल
७. ईन्द्रमाया गुरुङ
८. माधव पौडेल
९. वसन्त मानन्धर
१०. रमा आले मगर
११. कुसुमकुमार कार्की
१२. कृष्ण खनाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*